×

प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज बुझाउने 

जेष्ठ ८, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले आज सरकारी वकिल कार्यालय काठमाडौंलाई अनुसन्धान प्रतिवेदन बुझाउने भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाउन तयारी गरेपनि साढे ५ बजेतिर नभ्याउने बताएको थियो।

प्रतिवेदनको अन्तिम फाइल तयार नभएकाले आइतबार प्रहरीले प्रतिवेदन बुझाउन सकेको थिएन।

आज सकेसम्म चाँडै  प्रतिवेदन बुझाउने तयारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एएसएसपी दानबहादुर कार्कीले जानकारी दिए। 

यस्तै आइतबार मात्रै थप पाँच जनाले आङटावा शेर्पाविरूद्ध जाहेरी दिएको थियो। योसँगै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरीको संख्या १२५ पुगेको छ। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ। 

नेकपा (एमाले) का सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, पूर्वगृहमन्त्री बालकृष्ण खाण उनका सहयोगी नरेन्द्र केसी, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ इन्द्रजित राई, पूर्वगृहसचिव टेकनारायण पाण्डे र नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा पक्राउ परेका छन्।

यस्तै केशव दुलाल, सानु भण्डारी, टंक गुरूङ सागर राई, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हज समितिका अध्यक्ष शमशेर मियाँ र शरणार्थी नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ।

यस प्रकरणमा इन्द्रजित राईका छोरा निरज, बादलका छोरा प्रतिकसहित केही अझै फरार छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: