|
२०८३ असार २७
काठमाडौं : सप्तरी प्रहरीले बोक्सीको आरोप लगाएर एक महिलामाथि कुटपिट गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका–१० बनौलाका ३८ वर्षीय जीवछ प्रसाद साह र ३२ वर्षीय अजय मण्डल रहेका छन्। उनीहरूले स्थानीय रेखा कुमारी मण्डललाई बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार र कुटपिट गरेको आरोप छ।
घटनापछि फरार रहेका दुवैलाई प्रहरीले खोजी अभियानका क्रममा बनौलाबाट पक्राउ गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्