रासायनिक विषादी छाड्दै जैविक खेतीतर्फ आकर्षित बुलिङ्टारका किसान

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २३

नवलपरासी, असार २३ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को बुलिङ्टार गाउँपालिकाका किसानहरू पछिल्लो समय विषादीरहित तरकारी उत्पादनमा सक्रिय बनेका छन्। स्वास्थ्य र वातावरणमा रासायनिक विषादीले पार्ने असरबारे सचेतना बढेसँगै कृषकहरू प्राङ्गारिक खेतीतर्फ आकर्षित भएका हुन्।

स्थानीय किसानहरूले असुरो, लसुन, अदुवा, खुर्सानी, निमका पात र गाईको पिसाबजस्ता स्थानीय सामग्री प्रयोग गरी जैविक झोल मल तयार गरेर तरकारी तथा अन्नबालीमा प्रयोग गर्दै आएका छन्। यसले उत्पादन सुरक्षित र गुणस्तरीय बन्ने विश्वास उनीहरूको छ।

किसानहरूले उत्पादन गरेका काँक्रो, टमाटर, करेला, भिण्डीलगायत तरकारी स्थानीय बजारसँगै कावासोती र नारायणघाटसम्म पुग्ने गरेका छन्। विषादीरहित तरकारीको माग बढ्दै जाँदा बजारको समस्या नरहेको र आम्दानीसमेत सन्तोषजनक रहेको कृषकहरूको भनाइ छ।

स्थानीय तहको प्रोत्साहन, तालिम र सहज सडक पहुँचका कारण बुलिङ्टारमा जैविक खेती विस्तार हुँदै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *