रास्वपाको नयाँ विधानमा सभापतिलाई थप अधिकार

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ विधान कार्यान्वयनमा आएसँगै सभापतिको अधिकार क्षेत्र थप विस्तार भएको छ।

प्रथम महाधिवेशनबाट पारित विधानअनुसार पार्टी सभापतिले आवश्यक ठानेमा संसदीय दलको नेतृत्व परिवर्तन गर्न सक्ने व्यवस्था गरिएको छ। साथै वरिष्ठ नेता, सचिवालय सदस्य तथा केन्द्रीय कमिटीमा हेरफेर गर्ने अधिकार पनि सभापतिमै केन्द्रित गरिएको छ।

नयाँ विधानले पार्टीको संगठनात्मक संरचनामा समेत परिवर्तन गरेको छ। केन्द्रीय समितिको आकार बढाइएको छ भने पार्टीले अघि सारेको ‘संवैधानिक समाजवाद’ को अवधारणालाई परिमार्जन गरी ‘सामाजिक लोकतन्त्र’ लाई राजनीतिक मार्गदर्शक सिद्धान्तका रूपमा समेटेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *