घण्टी बजाउँदै रास्वपाको पहिलो महाधिवेशन शुभारम्भ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ७

काठमाडौं, असार ७ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन भरतपुरमा औपचारिक रूपमा सुरु भएको छ। महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा घण्टी बजाएर गरेका हुन्।

उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो। वर्षाका बाबजुद पनि कार्यक्रममा सहभागीहरूको उल्लेख्य उपस्थिति देखिएको आयोजकले जनाएको छ।

रास्वपाको पहिलो महाधिवेशनले आगामी नेतृत्व चयन, संगठन विस्तार तथा भावी राजनीतिक कार्यदिशाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *