रास्वपाको केन्द्रीय समिति थप समावेशी बनाइने, विधान संशोधन तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ८

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय समिति थप समावेशी बनाउने भएको छ। पहिलो राष्ट्रिय महाधिवेशन अघि नै विधान संशोधन गरी नयाँ संरचना लागू गर्ने तयारी गरिएको हो।

संशोधन अनुसार अब उपसभापति पदमा महिलाको अनिवार्य उपस्थिति रहनेछ। कुल १५१ सदस्यीय केन्द्रीय समितिमा समावेशिता सुनिश्चित गर्ने व्यवस्था गरिएको छ।

प्रदेश, जातीय तथा लिङ्गीय प्रतिनिधित्वलाई प्राथमिकता दिँदै विभिन्न पदहरूमा महिलासहित विभिन्न समुदायको अनिवार्य सहभागिता हुने व्यवस्था गरिएको छ। चितवनमा जारी महाधिवेशनको बन्दसत्रपछि निर्वाचन प्रक्रिया अघि बढाइनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *