|
असार २२, २०८३
काठमाडौँ, असार २२ । नागढुङ्गा–मुग्लिङ सडक विस्तार परियोजनाअन्तर्गत नौबिसे–मलेखु खण्डको निर्माण कार्य निरन्तर अगाडि बढिरहेको छ।
४३ किलोमिटर लामो यस सडक खण्डमा हालसम्म २७ किलोमिटर भाग निर्माण सम्पन्न भएको छ। यसमध्ये २५ किलोमिटरमा कालोपत्रे र २ किलोमिटरमा ढलानको काम सकिएको आयोजनाले जनाएको छ।
परियोजना कार्यालयका अनुसार हालसम्म समग्र भौतिक प्रगति ६० प्रतिशत पुगेको छ। निर्माण सम्पन्न भएपछि यस सडकमा यात्रा सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ।

दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्