|
२०८३ जेष्ठ १४
कास्की, जेठ १४ — मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पश्चिम खण्ड निर्धारित समयभित्र सम्पन्न नहुने भएको छ। आयोजनाको म्याद आगामी असार १५ सम्म थपिए पनि निर्माण कार्य अझै अपूरो रहेको छ।
आयोजनाका अनुसार हालसम्म करिब ७८ प्रतिशत काम सम्पन्न भएको छ। इन्धन अभाव, निर्माण सामग्रीको मूल्यवृद्धि र लगातारको वर्षाका कारण काम प्रभावित बनेको जनाएको छ।
जामुनेदेखि पोखराको सेतीपुलसम्मको सडकखण्डमा अहिले कालोपत्रे, सर्भिस लेन र सडक सुरक्षासम्बन्धी काम जारी रहेको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्