|
२०८३ असार १९
काठमाडौँ : रुसले बिहीबार बिहान युक्रेनको राजधानी किभमा ठूलो स्तरको ड्रोन र मिसाइल आक्रमण गरेको छ। यस आक्रमणमा कम्तीमा २७ जनाको ज्यान गएको छ भने ९१ जना घाइते भएका छन्।
लगातार भएका विस्फोटले राजधानीका दर्जनौँ भवनमा क्षति पुगेको छ र हजारौँ सर्वसाधारण सुरक्षित स्थानतर्फ जान बाध्य भएका छन्। उद्धारकर्मीहरूले भग्नावशेष हटाउँदै बेपत्ता व्यक्तिको खोजी जारी राखेकाले मृतकको संख्या अझ बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्