भूमिहीनलाई राहत: बर्दियामा जग्गाधनी प्रमाणपत्र वितरण

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार १८

काठमाडौँ : बर्दियाको बढैयाताल गाउँपालिका–४ मा सरकारले २९ जना भूमिहीन दलित तथा सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरेको छ। लामो समयदेखि जग्गाको स्वामित्व नपाएका स्थानीयले अब कानुनी रूपमा जग्गाधनीको मान्यता पाएका छन्।

सरकारले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई प्राथमिकतामा राख्दै देशभर लालपुर्जा वितरण अभियान विस्तार गर्ने जनाएको छ। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले वास्तविक भूमिहीन नागरिकलाई जग्गाको कानुनी अधिकार दिलाउने सरकारको लक्ष्य रहेको बताएकी छन्।

यो कार्यक्रमलाई दीर्घकालीन भूमि समस्या समाधानतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *