सरकारविरुद्ध एमालेनिकट किसान महासंघले तीनकुनेमा प्रदर्शन गर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २७

काठमाण्डौँ । नेकपा एमालेनिकट अखिल नेपाल किसान महासंघले विरोध प्रदर्शन गर्ने भएको छ ।

अखिल नेपाल किसान महासंघ र भूमि अधिकार तथा श्रमिक संगठनले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय फिर्ताको माग गर्दै भोलि मंगलबार काठमाडौंको तीनकुनेमा विरोध प्रदर्शन तथा कोणसभा गर्न लागेको हो ।

आयोग खारेज गरेर सरकारले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीमाथि अन्याय गरेको किसान महासंघले जनाएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *