|
२०८३ असार ८
काठमाडौँ : पूर्वमन्त्री एवं नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ। दमका कारण बिरामी रहेका खरेलको आइतबार राति बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
काभ्रेको खरेलथोकमा जन्मिएका खरेल विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय थिए। उनले २०३६ को जनमत संग्रह, २०४२ को सत्याग्रह, २०४६ र २०६२/६३ का जनआन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका थिए।
कांग्रेस राजनीतिमा सक्रिय रहँदा खरेलले करिब ९ वर्ष जेल जीवनसमेत बिताएका थिए। उनको निधनसँगै नेपाली राजनीतिमा एक अनुभवी नेताको अवसान भएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्