पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २२

काठमाडौं — नेपाली कांग्रेसका पूर्वसांसद् तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन भएको छ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि काठमाडौं मेडिकल कलेजमा उपचाररत आलमको गएराति साढे २ बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ। उनलाई करिब दुई सातादेखि आईसीयुमा राखी उपचार गरिँदै आएको थियो र अवस्था झन् जटिल बनेपछि भेन्टिलेटरमा राखिएको थियो।

चिकित्सकका अनुसार उनको मिर्गौला फेल भई निरन्तर डायलाइसिस भइरहेको थियो। गत जेठमा नक्खु कारागारबाट छुटेपछि उनलाई ब्रेन स्ट्रोक भएको थियो, जसको दीर्घकालीन असरका कारण निधन भएको बताइएको छ।

आलममाथि २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा बम विस्फोटपछि घाइतेहरूलाई इँटाभट्टामा जलाएको अभियोग लागेकाे थियो। जिल्ला अदालतले उनलाई जन्मकैदको सजाय सुनाएको थियो भने पछि उच्च अदालतले उक्त फैसला उल्टाउँदै उनलाई थुनामुक्त गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *