|
२०८३ असार ६
इनरुवा, असार ६ — सुनसरीका किसान रामेश्वर मेहताले व्यावसायिक ड्रागन फ्रुट खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन्।
हरिनगर गाउँपालिका–३ गौतमपुरका मेहताले पाँच कट्ठा जग्गामा करिब आठ लाख रुपैयाँ लगानी गरेर सुरु गरेको खेतीबाट यस वर्ष १२ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने अपेक्षा गरेका छन्।
परम्परागत खेती छाडेर नयाँ प्रविधिको फलफूल खेतीमा लागेका मेहताको सफलतापछि स्थानीय किसानहरू पनि ड्रागन फ्रुट खेतीतर्फ आकर्षित हुन थालेका छन्। कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा समेत यसको खेती क्षेत्र विस्तार हुँदै गएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्