|
२०८३ असार ४
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा सुरक्षा र निगरानीलाई प्रभावकारी बनाउन ड्रोन तथा आधुनिक प्रविधि प्रयोग गर्ने योजना रहेको बताएका छन्।
प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा जवाफ दिँदै उनले गृह प्रशासनलाई प्रविधिमैत्री र नागरिकमुखी बनाउने सरकारको लक्ष्य रहेको जानकारी दिए।
मन्त्री गुरुङका अनुसार साइबर अपराध नियन्त्रण, सेवा प्रवाह सुधार र सुरक्षा व्यवस्थापनका लागि एआई प्रविधि, डिजिटल प्रणाली तथा अत्याधुनिक उपकरणको प्रयोग विस्तार गरिनेछ। विपद् व्यवस्थापनलाई पूर्वतयारीमुखी बनाउने र सीमा निगरानीमा नयाँ प्रविधि प्रयोग गर्ने योजना पनि अघि बढाइएको उनले बताए।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्