मध्यपूर्वको तनाव बढेपछि नेपालीको सुरक्षामा गगनले सरकारको ध्यानाकर्षण गराए

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १६

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

उक्त क्षेत्रमा विभिन्न देशहरूमा कार्यरत तथा बसोबास गरिरहेका नेपाली नागरिकहरूको सुरक्षा अवस्था झनै संवेदनशील बनेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले भनेका छन्, ‘यो परिस्थितिबारे सुसूचित रही सुरक्षा सतर्कता अपनाउनुहुन सम्पूर्ण नेपाली दिदी बहिनी दाजुभाइमा अनुरोध गर्दछु । सुरक्षा नियमहरूको पूर्ण पालना गर्नुहोला र अत्यावश्यक कामबाहेक सुरक्षित स्थानमै रहनुहोला । आफ्नो ख्याल गर्नुहोला।’

उनले सुरक्षा नियमहरूको पूर्ण पालना गर्न तथा अत्यावश्यक कामबाहेक सुरक्षित स्थानमै बस्न अनुरोध गरेका छन् ।

उनले भनेका छन्, ‘सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित देशका नेपाली राजदूतावासहरूलाई त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिई, उनीहरूको तत्काल सहायता र सुरक्षित व्यवस्थापनका लागि अविलम्ब प्रभावकारी कदम चाल्न आग्रह गर्दछु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *