|
२०८३ असार ४
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नागढुंगा चेकपोस्टमा प्रहरी कर्मचारीले यात्रुवाहक सवारीबाट रकम असुलेको भनिएको घटनाबारे अनुसन्धान गर्न निर्देशन दिइएको बताएका छन्।
संसद्मा सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिँदै उनले भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहमा पारदर्शिता कायम गर्नु सरकारको प्राथमिकता रहेको उल्लेख गरे।
मन्त्री गुरुङले लागुऔषध नियन्त्रणका लागि बजेट वृद्धि गरिएको, नयाँ नीति तथा नियमावली ल्याउने तयारी भइरहेको र गृह प्रशासनलाई डिजिटल प्रणालीमार्फत थप प्रभावकारी बनाउने योजना रहेको जानकारी दिए। साथै, कारागार व्यवस्थापन सुधारका लागि नयाँ पूर्वाधार निर्माणको काम पनि अघि बढाइएको बताए।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्