|
२०८२ फाल्गुन ११
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण सुरक्षा संयन्त्र तयारी अवस्थामा रहेको बताएका छन् । तोकिएकै मितिमा शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न गराइने प्रतिबद्धता व्यक्त गर्दै उनले मतदातालाई ढुक्क भएर मतदान केन्द्रमा उपस्थित हुन आग्रह गरेका छन् ।
निर्वाचन लक्षित एकीकृत सुरक्षा योजना कार्यान्वयनमा रहेको र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभाग समन्वयात्मक रूपमा परिचालित रहेको उनले जानकारी दिए। फागुन २१ गते तय भएको निर्वाचन मिति नबदलिने स्पष्ट पार्दै उनले संविधानअनुसार समयमै निर्वाचन सम्पन्न गरिने बताए ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्