सदनमा रक्षा मन्त्रालयको उपस्थितिमाथि हर्क साम्पाङको प्रश्न

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ४

काठमाडौं, असार ४ — प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले रक्षा मन्त्रालयसम्बन्धी छलफलमा जिम्मेवार मन्त्रीको उपस्थिति सुनिश्चित गर्न माग गरेका छन्।

साम्पाङले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री बैठकमा उपस्थित नभएको उल्लेख गर्दै मन्त्रालयगत छलफलमा सम्बन्धित मन्त्री सहभागी हुनुपर्ने धारणा राखे। उनले रक्षा मन्त्रालयसँग सम्बन्धित बजेट विवरणसमेत प्राप्त नभएको गुनासो गरे।

साथै, प्रधानमन्त्रीले दिएको एक अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउन पनि उनले माग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *