|
२०८३ जेष्ठ २४
भोजपुर । अरुण गाउँपालिका–७ सिक्रेटारमा निर्माण गरिएका सिँचाइ पोखरीले सुख्खाग्रस्त क्षेत्रमा कृषि उत्पादन बढाउन सहयोग पुर्याएको छ।
स्थानीय तहका अनुसार हालसम्म निर्माण भएका छ वटा पोखरीबाट करिब १,५०० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको छ। पानीको अभावले बाँझो रहने खेतमा अहिले वर्षभरि खेती गर्न सकिने अवस्था बनेको छ।
पोखरी निर्माणपछि किसानहरू तरकारी, फलफूल तथा अन्य नगदेबाली खेतीतर्फ आकर्षित भएका छन्। यसले कृषि उत्पादनसँगै आयआर्जन बढाउन समेत टेवा पुगेको स्थानीयको भनाइ छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्