वर्षा नहुँदा उदयपुरका किसान समस्यामा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २४

गाईघाट । लामो समयदेखि वर्षा नहुँदा उदयपुरका विभिन्न क्षेत्रमा राखिएका धानका ब्याड सुक्न थालेपछि किसान चिन्तित बनेका छन्।

त्रियुगा र चौदण्डीगढी नगरपालिकाका किसानका अनुसार अत्यधिक गर्मी र खडेरीका कारण ब्याडमा चिरा पर्न थालेको छ भने धानको बीउसमेत राम्ररी उम्रिन सकेको छैन।

किसानहरूले समयमै वर्षा नभए आगामी रोपाइँ प्रभावित हुने र उत्पादनमा समेत असर पर्न सक्ने चिन्ता व्यक्त गरेका छन्। उदयपुरमा सामान्यतया असारदेखि साउनसम्म धान रोपाइँ गरिने गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *