|
२०८३ जेष्ठ २३
काठमाडौँ । यात्रुहरूको सुविधालाई ध्यानमा राख्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रु लिन र छोड्न आउने सवारीसाधनका लागि निःशुल्क समयसीमा ७ मिनेटबाट बढाएर १५ मिनेट कायम गरेको छ।
विमानस्थल प्रशासनका अनुसार अब सवारीसाधनले यात्रु चढाउने वा ओराल्ने कार्य १५ मिनेटभित्र सम्पन्न गरी बाहिरिएमा कुनै पनि पार्किङ शुल्क तिर्नुपर्ने छैन। यो व्यवस्था परीक्षणस्वरूप एक महिनाका लागि लागू गरिएको बताइएको छ।
प्रशासनले तोकिएको व्यवस्थाविपरीत शुल्क असुल गरेको पाइएमा सम्बन्धित व्यक्ति वा सेवा प्रदायकमाथि कानुनी कारबाही गरिने चेतावनी दिएको छ। यस निर्णयले यात्रु तथा चालकलाई थप सहजता मिल्ने विश्वास गरिएको छ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्