त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान नियमित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २६

काठमाडौं ।  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुनः नियमित रुपमा सञ्चालनमा आएको छ।

भदौ २४ गतेदेखि बन्द भएको विमानस्थल बुधबार साँझदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडानसहित पुनः सञ्चालनमा आएको हो। यात्रुहरूको सहज आवागमनका लागि सुरक्षा निकायसँग समन्वय गरिएको छ भने विदेशी पर्यटकका लागि नेपाल पर्यटन बोर्डले सटल बसको व्यवस्था गरेको छ।

यात्रुलाई आधिकारिक टिकट र परिचयपत्र साथमा ल्याउन विमानस्थलले अनुरोध गरेको छ। विमानस्थलमार्फत दैनिक ३०० भन्दा बढी उडान हुने गर्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *