पदोन्नति भएका ४४ प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २२

काठमाडौँ — नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की ले पदोन्नति भएका ४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा विभिन्न तहमा बढुवा भएका अधिकृतहरूलाई सुशोभित गरिएको हो। कुल ४७ जना अधिकृत पदोन्नति भए पनि तीन जना तालिमका कारण कार्यक्रममा सहभागी हुन सकेनन्।

समारोहमा महानिरीक्षक कार्कीले पदोन्नतिसँगै जिम्मेवारी पनि बढ्ने भएकाले थप व्यावसायिक, उत्तरदायी र प्रभावकारी रूपमा काम गर्न निर्देशन दिएका छन्।

पदोन्नति भएका अधिकृतहरूको तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्रबहादुर सिंह ले संगठनप्रति समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *