काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका नननियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले सोमबार दर्ज्यानी चिन्ह (फुली) लगाउने भएका छन् ।
१८ वैशाखमा चार वर्षे पदावधिका कारण राजु अर्याल अनिवार्य अवकाशमा गइसकेका छन् । उनको ठाउँमा सरकारले पौडेललाई आईजीपी बनाउने निर्णय गरिसकेको छ । शनिबारदेखि नै आईजीपी खाली भए पनि दुई दिन सार्वजनिक बिदा भएका कारण पौडेलले सोमबार मात्रै फुली लगाउने भएका हुन् ।
गृह मन्त्रालय स्रोतका अनुसार, पौडेलले गृहसचिव राजकुमार श्रेष्ठको हातबाट दर्ज्यानी चिन्ह लगाउने छन् । निवर्तमान गृहमन्त्री सुधन गुरुङले अब आईजीपीलाई प्रधानमन्त्रीले फुली लगाउने व्यवस्था गरिने बताएका थिए ।
जसकारण अब आईजीपीले कसको हातबाट दर्ज्यानी चिन्ह लगाउलान भन्ने चासो उठेको थियो । तर यो बीचमा गुरुङ आफैं मन्त्रीबाट हटेपछि भने उनले बोलेको विषय कार्यान्वयन नहुने भएको छ ।
गृहसचिव श्रेष्ठले आईजीपी पौडेललाई दर्ज्यानी चिन्ह लगाउने गरी गृह मन्त्रालयले तयारी गरेको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्