आइजिपी खापुङद्वारा किरियापुत्री भवनको शिलान्यास

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १७

काठमाण्डौँ ।  प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुबेर खापुङले नेपाल प्रहरी कल्याण कोषअन्तर्गत निर्माण हुन लागेको किरियापुत्री भवनको शिलान्यास गरेका छन्।
काठमाडौँ महानगरपालिका–३, महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गामा बन्ने यो भवन नेपाल प्रहरीका बहालवाला र अवकाशप्राप्त प्रहरी कर्मचारीहरूलाई आशौच बार्ने (किरिया पुत्री) संस्कारका क्रममा सुविधा प्रदान गर्ने उद्देश्यले निर्माण गर्न लागिएको हो।
शिलान्यास समारोहमा आइजिपी खापुङले भवन निर्माणसँगै यसबाट प्रदान गरिने सेवालाई थप परिष्कृत बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, नायब महानिरीक्षक, वरिष्ठ अधिकृतहरू, प्रहरी जवानहरू तथा आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *