|
२०८३ जेष्ठ १८
काठमाडौं, जेठ १८ । काठमाडौँको ठमेल क्षेत्रलाई आधार बनाएर शंकास्पद गतिविधि गरेको आरोपमा १५ जना बङ्गलादेशी नागरिक पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। भिजिट भिसामा नेपाल आएका उनीहरूले सामाजिक सञ्जालमार्फत ब्ल्याकमेलिङ गरेको आरोप छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले नक्कली सामाजिक सञ्जाल खाता प्रयोग गरी विदेशी नागरिकलाई सम्पर्क गर्ने र विभिन्न बहानामा आर्थिक ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
उनीहरूलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्