काठमाडौँ — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिकसम्म पूँजीगत खर्च उल्लेख्य रूपमा बढ्न नसकेको बताएका छन्। आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उनले नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिएको जानकारी दिए।
उनका अनुसार नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्नेछ भने राजस्व संकलनमा सुधार देखिएको छ। विश्व अर्थतन्त्रको वृद्धि ३.१ प्रतिशतमा सीमित रहने अनुमानबीच नेपालमा मुद्रास्फीति ६ प्रतिशतभन्दा माथि रहने बताइएको छ।
अर्थमन्त्री वाग्लेले बागमती र गण्डकीबाहेक अन्य प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा कम रहने बताए। साथै, नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैरकृषि क्षेत्रको योगदान ७६ प्रतिशत रहने उल्लेख गरे।
फागुनसम्म देशको विद्युत् उत्पादन क्षमता ४ हजार १०५ मेगावाट पुगेको तथा ९९ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको पनि उनले जानकारी दिए।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्