आईएसआईएलका लडाकुमाथि थप हवाई आक्रमण

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ४

काठमाडौं । अमेरिकी सेनाको अफ्रिकी कमान्ड (अफ्रिको) ले नाइजेरियाको उत्तर–पूर्वी क्षेत्रमा सक्रिय इस्लामिक स्टेट अफ इराक एन्ड द लेभेन्ट (आईएसआईएल) का लडाकुमाथि थप हवाई आक्रमण गरिएको जनाएको छ । यी आक्रमणहरू नाइजेरियाली सरकारसँगको समन्वयमा गरिएको बताइएको छ ।

अफ्रिकोका अनुसार आइतबार गरिएको यी अतिरिक्त सैन्य कारबाहीमा कुनै पनि अमेरिकी वा नाइजेरियाली सुरक्षाकर्मीतर्फ भने क्षति भएको छैन ।

कमान्डले जारी गरेको वक्तव्यमा यी कारबाहीले आतङ्कवादी समूहको आक्रमण योजना बनाउने क्षमतालाई कमजोर बनाउने उद्देश्य राखेको बताइएको छ । साथै, अमेरिका आफ्ना साझेदारसँग मिलेर साझा सुरक्षा खतरा समाप्त गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *