पश्चिम एसियाली संकट र बढ्दो तेल मूल्यका कारण विदेशी मुद्रा बचत गर्न भारतद्धारा सुन–चाँदी आयातमा कडाइ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ३

काठमाडौं । पश्चिम एसियामा जारी तनावबीच भारत सरकारले सुनपछि चाँदी आयातमा पनि थप कडा नीति अवलम्बन गरेको छ ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचनाअनुसार ९९.९ प्रतिशत शुद्धता भएका सिल्भर बारलाई ‘फ्री’ श्रेणीबाट हटाएर ‘रिस्ट्रिक्टेड’ अर्थात् प्रतिबन्धित श्रेणीमा राखिएको छ । साथै अन्य प्रकारका सिल्भर बारलाई पनि प्रतिबन्धित आयात सूचीमा समावेश गरिएको छ ।

वाणिज्य मन्त्रालयले संशोधन गरेको आयात नीतिअनुसार देशमा चाँदीको आयात नियन्त्रण गर्ने उद्देश्यले यो कदम चालिएको हो । सूचनामा चाँदी आयातसम्बन्धी नयाँ नियम तत्काल लागू भएको उल्लेख छ ।

यसअघि सरकारले बहुमूल्य धातुमा लाग्ने आयात शुल्कमा उल्लेखनीय वृद्धि गरेको थियो भने एडभान्स अथोराइजेसन स्किमअन्तर्गत सुन आयातमा १०० किलोग्रामको सीमा पनि तोकेको थियो । यसअघि उक्त स्किमअन्तर्गत सुन आयातमा कुनै सीमा थिएन ।

पश्चिम एसियाली संकटका कारण बढ्दो आयात खर्चबीच सरकारले सुन र चाँदीमा लाग्ने आयात शुल्क बढाएर १५ प्रतिशत पुर्‍याएको छ, ताकि अनावश्यक खरिदलाई निरुत्साहित गर्न सकियोस् । यसअघि आयात शुल्क ६ प्रतिशत थियो ।

प्लाटिनममा लाग्ने आयात शुल्क पनि ६.४ प्रतिशतबाट बढाएर १५.४ प्रतिशत पुर्‍याइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *