आयातमा कडाइ कि उत्पादनमा कमी ? किन रित्तिए बजारका केराका थामहरू

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ८

काठमाडौँ — नेपाली बजारमा केरा अभाव भएपछि कालीमाटी फलफूल तथा तरकारी बजारले मूल्यसूचीमै समावेश गर्न छाडेको छ।

भारतीय सीमाबाट अवैध रूपमा भित्रिने केरा रोक्न व्यवसायीहरूले नै बिक्री बहिष्कार गरेपछि बजारमा आपूर्ति घटेको हो। नेपाल फलफूल थोक व्यवसायी सङ्घका अनुसार स्वदेशी उत्पादन कम भएको र अवैध आयात रोकिँदा बजार खालीजस्तै बनेको छ।

हाल केरा प्रति दर्जन ३५० रुपैयाँभन्दा माथि पुगेको छ। मूल्यवृद्धिलाई लिएर सांसद आशिका तामाङले पनि आलोचना गरेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *