आज सुनको मूल्य तोलामा ४ हजार रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १

काठमाण्डौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४ हजार रुपैयाँले घटेको हो ।

महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँ कायम गरिएको छ । बिहीबार सुन प्रतितोला ३ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज १० ग्राम सुनको मूल्य २ लाख ५५ हजार ९ सय १५ रुपैयाँ कायम भएको छ, जुन हिजो २ लाख ५९ हजार ३ सय ४५ रुपैयाँ थियो ।

सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला ३ सय ५५ रुपैयाँले घटेर ५ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार ७ सय ४५ रुपैयाँ रहेको थियो । यस्तै, १० ग्राम चाँदीको मूल्य ४ हजार ६ सय २१ रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा महासंघले नेपाली बजारमा दैनिक मूल्य निर्धारण गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *