आज सुन मूल्य १ हजार ८ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १७

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले घटेको छ।

महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ७०० रुपैयाँ कायम भएको छ। यसअघि बुधबार सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५० हजार ९ सय ४५ रुपैयाँ तोकिएको छ, जुन अघिल्लो दिन २ लाख ५२ हजार ४ सय ८५ रुपैयाँ रहेको थियो ।

सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। बुधबार प्रतितोला ४ हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ सय ५ रुपैयाँले घटेर ४ हजार ८ सय १० रुपैयाँ कायम भएको छ।

महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार १ सय २४ रुपैयाँ रहेको छ । हिजो १० ग्राम चाँदी ४ हजार २ सय १४ रुपैयाँमा खरिदबिक्री भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *