काठमाण्डौँ । नेकपा एमालेले सरकार कुन शासन प्रणाली अवलम्बन गरिरहेको छ ? भनेर सभामुखमार्फत प्रश्न गरेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले सभामुखमार्फत सरकारलाई प्रश्न गरेका हुन् ।
उनले नेपालको संविधानको धारा ७४ ले नेपालको शासकीय स्वरूपका बारेमा व्यवस्था गरेको भन्दै त्यसमा बहुदलीय प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था हुने उल्लेख रहेको बताए ।
‘यो सरकारले कुन शासन प्रणालीलाई अवलम्बन गरिरहेको छ रु संविधानमा भएको शासन प्रणालीको अवलम्बन गरेको हो कि ? अरू कुनै तन्त्र विकास गरिरहेको हो ?’, महरको प्रश्न छ ।
उनले बजारमा प्रधानमन्त्री बालेन शाहले लोकतन्त्र भन्दा पनि बालेनतन्त्र विकास गर्न खोजेको हो कि भनेर चर्चा चलेको बताए । साथै उनले प्रधानमन्त्री शाहले पटक पटक संसद्को उपेक्षा गरेको तथा हुर्मत लिने काम भएकोप्रति गम्भीर चासो र चिन्ता रहेको बताए ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्