×

प्रधानमन्त्रीलाई एमालेको प्रश्न : प्रतिवद्धताअनुसार खोप लगाउन किन नसकिएको?

माघ १, २०७८ | दाक्सु मिडिया

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि सबै एक जुट हुनेपर्ने बताएका छन्। प्रम देउवाले कोरोना महामारी नियन्त्रण गर्ने प्रयासमा कसैले राजनीति गर्न नहुने बताएका हुन्। 

एमालेका नेताहरुले प्रधानमन्त्री देउवालाई खोप भएर पनि जनताले प्रयोग गर्न नपाएको प्रति ध्यानाकर्षण गराएका थिए।

शनिबार प्रमुख प्रतिपक्ष नेकपा एमालेले कोभिड नियन्त्रणका विषयमा ज्ञापन पत्र बुझाएपछि बोल्दै प्रधानमन्त्रीले सबै मिलेर कोरोनाको तेस्रो लहरलाई परास्त गर्नुपर्ने बताए। ‘कोरोना नियन्त्र र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एक हुनुपर्छ’, प्रधानमन्त्रीले भने, ‘सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सकिन्छ।’

प्रधानमन्त्री देउवाले तेस्रो लहरसँग आएको ओमिक्रोन भाइरस धेरै संक्रमक भएकाले सवधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको पनि बताए। 
उनले आफूले सरकारको नेतृत्व गरेपछि कोभिड विरुद्धको खोप लगाउने संख्या वृद्धि भएको बताउँदै सबै खोप लगाउन योग्य नागरिकलाई दुबै डोज खोप लगाउने गरी सरकार अघि बढेको पनि बताए। 

नेकपा एमालेका नेता शुभाष नेम्वाङको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई कोभिड रोकथाम र उपचारका बारेमा ज्ञापनपत्र बुझाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: