प्रधानमन्त्री संसद् बैठकबाट बाहिरिएको घटनाबारे कांग्रेसद्धारा जवाफ माग

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २९

काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री संसद् बैठकबाट बाहिरिएको घटनाबारे जवाफ माग गरेको छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद बासना थापाले उक्त घटनालाई लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमै विरलै देखिने दृश्यको संज्ञा दिँदै सरकारको गम्भीरतामाथि प्रश्न उठाएकी हुन् ।

उनले राष्ट्रपतिबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री संसद् बैठकबाट बाहिरिनु सामान्य विषय नभएको बताइन् । संविधानिक संस्कार, संसदीय परम्परा तथा राज्यको उत्तरदायित्वप्रति सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो ।

‘यस विषयमा स्पष्ट जवाफ दिइयोस् र यस्ता घटनाको पुनरावृत्ति नहोस्,’ सांसद थापाले भनिन्, ‘लोकतन्त्रमा पदभन्दा ठूलो कुरा मर्यादा र मर्यादाभन्दा ठूलो कुरा जनविश्वास हो ।’

कांग्रेसले प्रधानमन्त्रीसँग संसद्मा औपचारिक जवाफको माग समेत गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *