काठमाडौं । दक्षिण भारतीय सिनेमामा अजबगजबका दृश्य देखिन्छन् । नायक यसरी आउँछन् कि उनले केही सेकेन्डमै सब उलटपुटल गरिदिन्छन् । के वास्तविक राजनीतिमा यस्तो सम्भव छ ?
लगभग फिल्मी शैलीमै भारतीय सुपरस्टार जोसेफ विजयले तमिलनाडुको विधानसभा चुनावमा राजनीतिक भूकम्प नै ल्याइदिएका छन् । उनले दशकौँदेखि चलिआएको परम्परागत राजनीतिलाई जरैदेखि हल्लाएर ऐतिहासिक जित नजिक छन् ।
सोमबारबाट सुरु भएको मतगणनाको ताजा रुझान र नतिजाहरूले विजयलाई अब सिनेमाको पर्दामा मात्र सीमित नभई तमिलनाडुको राजनीतिको नयाँ हिरो बनेको प्रमाणित गरेका छन् । उनको दुई वर्ष पुरानो पार्टी ‘तमिलगा वेट्री कजगम’ ९टीभीके० ले पहिलो पटक विधानसभा चुनाव लड्दै तमिलनाडुमा मुख्यमन्त्री एम।के। स्टालिनको सत्तासीन पार्टी डीएमके र प्रमुख प्रतिपक्षी एआईएडीएमकेलाई नराम्ररी पछाडि छाड्दै आफूलाई राज्यको सबैभन्दा ठूलो पार्टीको रूपमा स्थापित गरेको छ।
योसँगै फ्यानहरूले मायाले ‘थलापति’ अर्थात् सेनापति भनेर बोलाउने जोसेफ विजय तमिलनाडुको मुख्यमन्त्री बन्ने सम्भावना बलियो बनेको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्