राजनीतिक कार्यक्रममा आफ्ना गीत बजाएको भन्दै भिटेनले पोखे आक्रोस

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १७

काठमाडौँ । हिपहप कलाकार भिटेनले आफ्नो संगीतलाई राजनीतिक कार्यक्रममा नबजाउन आग्रह गरेका छन् । इन्स्टाग्राम स्टोरीमार्फत उनले यस्तो कार्यशैलीप्रति आक्रोश पोखेका छन् ।

छाडा र अश्लिल शब्द समेटिएको स्टोरीमा उनले आफ्ना गीतलाई राजनीतिक एजेन्डामा प्रयोग नगर्न क्रोधपूर्ण आग्रह गरेका हुन् । त्यसरी प्रयोग गरिएका गीतलाई तत्काल हटाउन समेत भनेका छन् ।

उनी भन्छन्, ‘मेरो गीत तिमीहरूजस्तो होइन । अहिले नै डिलेट गर । नत्र राम्रो हुँदैन ।’ हालैको चुनावी प्रचार वा राजनीतिक घटनाक्रममा आफ्ना गीत प्रयोग गरिएपछि भिटेन क्रोधित देखिन्छन् ।

तर, उनका गीत कुन राजनीतिक समूह वा कुन दलको पक्षमा प्रयोग गरियो भन्ने कुरा उनले खुलाएका छैनन् । २१ फागुनको पछिल्लो संसदीय चुनावमा भिटेन मात्र होइन, धेरै कलाकारको संगीतलाई सामाजिक सञ्जालदेखि चुनावी अभियानमा प्रयोग गरिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *