|
२०८१ असार ६
एजेन्सी : भारतको तमिलनाडु राज्यमा विषाक्त रक्सी खाएर एकैदिन २५ जनाको ज्यान गएको छ । तमिलनाडुको कल्लाकुरिचीमा गए राति भएको घटनामा अरू ६० जनाभन्दा धेरै बिरामी भएका छन् ।
प्रहरीले झन्डै दुई सय लिटर विषाक्त रक्सीसहित एक जनालाई पक्राउ गरेको भारतीय सञ्चार माध्यम द हिन्दूले जनाएको छ । ज्यान गुमाउनेमा धेरैजसो दैनिक ज्यालादारी मजदुर छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको खबरमा उल्लेख छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्