काठमाडौं — कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। सार्वजनिक सूची अनुसार तरकारी र फलफूलका भाउमा सामान्य उतारचढाव देखिएको छ।
गोलभेंडा ठूलो (भारतीय) प्रतिकिलो ८० रुपैयाँमा कारोबार हुँदा साना गोलभेंडा करिब ४४–४८ रुपैयाँमा सीमित छन्। आलु रातो २४ रुपैयाँ र भारतीय प्याज ३७ रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
हरियो तरकारीतर्फ गाजर, बन्दा, काउली, मूला, भन्टा लगायतका वस्तुको मूल्य ३० देखि ७० रुपैयाँबीच रहेको छ भने सिमी, बोडी, करेला जस्ता तरकारी ५० देखि १२० रुपैयाँसम्म पुगेका छन्।
फलफूलतर्फ स्याउ २५० देखि ३२० रुपैयाँ, अनार ३८० रुपैयाँ, अङ्गुर २३०–३५० रुपैयाँ तथा सुन्तला १६० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। तरबुजा भने तुलनात्मक रूपमा सस्तो भई ४५ रुपैयाँ प्रतिकिलोमा पाइनेछ।
त्यसैगरी, किबी ४०० रुपैयाँ, एभोकाडो ८०० रुपैयाँ र कागती ३२० रुपैयाँ प्रतिकिलो रहेको छ। मसला तथा अन्य वस्तुहरूमा अदुवा १०० रुपैयाँ, हरियो खुर्सानी करिब ७०–९० रुपैयाँ र लसुन १४० देखि २२० रुपैयाँसम्म निर्धारण गरिएको छ।
समितिका अनुसार बजारमा माग र आपूर्तिको अवस्थाअनुसार मूल्यमा दैनिक रूपमा परिवर्तन हुन सक्नेछ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्