काठमाडौँ — कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले बिहीबारका लागि तरकारी तथा फलफूलको थोक मूल्य निर्धारण गरेको छ। सार्वजनिक मूल्यसूची अनुसार गोलभेँडा, आलु, प्याजजस्ता दैनिक उपभोग्य वस्तुको मूल्य मध्यम स्तरमै कायम रहेको छ।
आज ठूलो गोलभेँडा प्रतिकिलो करिब रु ८० र सानो गोलभेँडा रु ४०–५० सम्ममा कारोबार भइरहेको छ भने आलु प्रतिकिलो करिब रु २४ र प्याज रु ३६ निर्धारण गरिएको छ। त्यसैगरी काउली, बन्दा, गाजर लगायतका तरकारीको मूल्य रु ३५ देखि रु ६० को हाराहारीमा रहेको छ।
हरियो तरकारीतर्फ सागपात, सिमी तथा भिन्डीको मूल्य केही महँगो देखिएको छ। च्याउ, कुरिलो र विशेष तरकारीहरू अझै उच्च मूल्यमा बिक्री भइरहेको समितिले जनाएको छ।
फलफूलतर्फ स्याउ, अनार, अङ्गुरजस्ता आयातित फलफूलको मूल्य उच्च रहेको छ भने तरबुजा, मेवा र काँक्रो जस्ता वस्तु तुलनात्मक रूपमा सस्तो छन्।
समितिका अनुसार बजारमा आपूर्ति सामान्य रहेकाले मूल्यमा ठूलो उतारचढाव नभएको जनाइएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्