|
२०८३ बैशाख ४
काठमाडौं । तनहुँको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
गोरखा घर भएका ६१ वर्षीय खुदबहादुर थापा सडक पार गर्ने क्रममा ग्यास सिलिन्डर बोकेको ट्रकको ठक्करमा परेका थिए।
गम्भीर घाइते उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिए पनि साँझ चिकित्सकले मृत घोषणा गरेका हुन्। प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्