|
२०८३ बैशाख ४
काठमाडौं — आज देशभर मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। यस अवसरमा सन्तानले आफ्नी आमालाई मीठा परिकार खुवाउने, नयाँ लुगा लगाइदिने र आशीर्वाद लिने परम्परा रहेको छ।
आमा नभएकाहरूले भने तर्पण, पिण्डदान तथा ब्राह्मण भोजन गराई दिवङ्गत आमाको सम्झना गर्दै सम्मान प्रकट गर्ने चलन छ। शास्त्रीय मान्यताअनुसार आमालाई अत्यन्त उच्च स्थान दिइएको छ, जसले सन्तानलाई जीवन दिने भएकाले उनको महत्व विशेष मानिन्छ।
यसै अवसरमा चन्द्रागिरीस्थित मातातीर्थमा मेला समेत लागेको छ, जहाँ भक्तजनको भीड लागेको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्