आजको विदेशी मुद्रा दर सार्वजनिक: डलरदेखि दिनारसम्म कति पुग्यो भाउ?

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २

काठमाडौं — नेपाल राष्ट्र बैंक ले आज बैशाख २, २०८३ का लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार विभिन्न देशका मुद्राको मूल्यमा सामान्य उतारचढाव देखिएको छ।

आज अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ११ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ। त्यसैगरी, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६९ पैसा कायम गरिएको छ भने बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ३७ पैसा र बिक्रीदर २०३ रुपैयाँ १९ पैसा तोकिएको छ।

अन्य प्रमुख मुद्रातर्फ स्वीस फ्र्याङ्क एकको खरिददर १९१ रुपैयाँ १७ पैसा र बिक्रीदर १९१ रुपैयाँ ९४ पैसा रहेको छ। अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ २७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ७० पैसा हुँदा क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ। सिङ्गापुर डलर पनि आज खरिद ११७ रुपैयाँ ३२ पैसा र बिक्री ११७ रुपैयाँ ७९ पैसामा कारोबार हुने छ।

एशियाली मुद्रामा जापानी येन १० को खरिददर ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४३ पैसा तोकिएको छ भने चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ८८ पैसा र बिक्रीदर २१ रुपैयाँ २१ रुपैयाँ ९६ पैसा कायम गरिएको छ। साउदी रियाल एकको खरिददर ३९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८९ पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ९० पैसा र बिक्रीदर ४१ रुपैयाँ ०६ पैसा रहेको छ।

त्यस्तै, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, दक्षिण कोरियन वन, स्वीडिस क्रोनर र डेनिस क्रोनरको मूल्य पनि सानो अन्तरसहित निर्धारण गरिएको छ।

उच्च मूल्य भएका मुद्रातर्फ कुवेती दिनार एकको खरिददर ४८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४८८ रुपैयाँ ६९ पैसा कायम हुँदा बहराइन दिनार र ओमानी रियाल पनि उच्च दरमै कायम छन्।

छिमेकी भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकका अनुसार यी दरहरू आवश्यकताअनुसार जुनसुकै समयमा परिवर्तन हुन सक्नेछन्। साथै, वाणिज्य बैंकहरूले आफ्नै दर निर्धारण गर्न सक्ने भएकाले व्यवहारमा केही फरक पर्न सक्ने पनि जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *