आज उपसभामुख चयन, ठाकुर र लामाबीच कडा प्रतिस्पर्धा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २७

काठमाडौं । आज प्रतिनिधि सभाको बैठकबाट उपसभामुख चयन गरिँदैछ। दिउँसो ४ बजे बस्ने बैठकमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।

उपसभामुख पदका लागि रुवीकुमारी ठाकुर र सरस्वती लामा चुनावी मैदानमा उत्रिएका छन्। तोकिएको समयभित्र यी दुईजनाको मात्रै उम्मेदवारी दर्ता भएको हो।

ठाकुरको पक्षमा विभिन्न दलका सांसदहरूको समर्थन देखिएको छ भने लामाले आफ्नै दलका नेताहरूको साथमा उम्मेदवारी दिएकी छन्।

प्रतिनिधि सभामा सत्तारुढ दलको स्पष्ट बहुमत रहेको कारण, समर्थन पाएमा ठाकुरको जित लगभग निश्चित मानिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *