काठमाण्डौँ । इरानी आक्रमणमा परी अमेरिकी लडाकु विमान एफ १५ क्षतिग्रस्त हुँदा सो विमानका एक पायल अमेरिकामै हराइरहेका थिए ।
गत शुक्रबार मध्य इरानमा अमेरिकी विमान इरानी आक्रमणको चपेटामा परेको थियो । सो विमानमा रहेका दुई जना पायलटमध्ये एक जनाको तुरुन्त अमेरिकी सेनाले उद्धार गरे पनि अर्का पायलटको भने २४ घण्टाभन्दा लामो उद्धार अप्रेशनमा अमेरिकालाई सफलता मिलेको हो ।
अरबी समाचार संस्था अल जजिराले इरानीपक्षको भारी गोलीबारी बीच अमेरिकी विशेष रेस्क्यू फोर्सले ती पायलटको उद्धार गरेको जनाएको छ । ती पायलटलाई उद्धार गर्न अमेरिकी सेना इरानी जमिनमै उत्रिएको जनाइएको छ ।
इरानी सेनाको कडा प्रतिकारका बाबजुद ती पायलटलाई उद्धार गरिएको अमेरिकी अधिकारीहरूले जनाएको अल जजिराले उल्लेख गरेको छ ।
अमेरिकाले ती पायलटको उद्धारका लागि रेस्क्यु तथा युद्धमा विशेष तालिम प्राप्त युनिट परिचालन गरेको थियो । यो युनिटको कामलाई निकै जोखिमपूर्ण मानिन्छ । किनभने उद्धार गर्दा विपक्षीबाट हुने आक्रमणको बचाउ पनि गर्नुपर्ने हुन्छ ।
अमेरिकी फोर्सले ती पाइलटको उद्धार गर्दा इरानी सेनाको आईआरजीसीको गोलीबारीको सामना गर्नुपरेको जनाइएको छ । अमेरिकी विमान खसाले लगत्तै आईआरजीसीले पनि ती पायलटको खोजी अभियान थालेको थियो ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्