४७ जना नेपाली नागरिकको म्यानमारबाट उद्धार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २४

काठमाण्डौँ । विभिन्न प्रलोभनमा परी म्यानमारका अवैध अनलाइन (स्क्यामिङ) केन्द्रहरूमा काममा बनाइएका ४७ जना नेपाली नागरिकको उद्धार गरिएको छ ।

थाइल्यान्डस्थित नेपाली राजदूतावासले थाइल्यान्डका सम्बन्धित निकायहरूसँगको समन्वय र सहयोगमा उनीहरूलाई उद्धार गरी बुधबार नेपाल फर्काएको हो ।

उद्धार गरिएका नेपालीहरूलाई नेपाल वायुसेवा निगमको विमान मार्फत काठमाडौँ पठाइएको दूतावासले जनाएको छ।

उद्धार गरिएका ४७ जनामध्ये ४५ जना पुरुष र २ जना महिला रहेका छन् । उनीहरू नेपालका विभिन्न २६ जिल्लाका बासिन्दा हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *