|
२०८२ चैत्र २२
काठमाडौं — संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। बिहान ११ बजे हुने प्रतिनिधिसभा बैठकले रास्वपा उपसभापति डोलप्रसाद अर्याललाई सभामुखमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गर्नेछ।
मनोनयनमा एकल उम्मेदवारी परेपछि अर्याल स्वतः निर्वाचित भएका हुन्। यता, दिउँसो १२:१५ बजे बस्ने राष्ट्रियसभा बैठकमा समितिका सदस्य मनोनयन तथा हेरफेर हुनेछ। साथै, प्रधानमन्त्रीले महिला आयोगको वार्षिक प्रतिवेदन पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्