|
२०८२ चैत्र १६
काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ८६ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । समग्रमा विगत एक सातामा सुनको भाउ ८ हजार रुपैयाँ बढेको छ । गत सोमबार २ लाख ७५ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला २० रुपैयाँ घटेको हो । हिजो प्रतितोला ४ हजार ७ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७०० रुपैयाँमा झरेको छ । गत सोमबार चाँदी प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्