बंगलादेशमा बस नदीमा खस्दा २३ यात्रुको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १२

काठमाडौँ । बंगलादेशमा बुधबार साँझ पद्मा नदीमा बस खस्दा अहिलेसम्म २३ जनाको मृत्यु भएको छ ।

एघार यात्रु भने पौडी खेलेर बाँच्न सफल भएको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् ।

बसमा लगभग ४० जना सवार थिए ।

बस राजबारी जिल्लाको दौलादिया टर्मिनलमा दुर्घटनामा परेको हो । बस फेरी (ठुलो डुंगा) चढ्दै गर्दा चालकले नियन्त्रण गुमाएपछि बस नदीमा खसेको बताइएको छ ।

बंगलादेशमा बसलगायत सवारीसाधनलाई नदी पार गराउन फेरी प्रयोग गरिन्छ। यो ठुलो डुंगा वा जहाजजस्तै हुन्छ ।

बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले दुर्घटनाको अनुसन्धान गर्न सम्बन्धित निकायलाई आदेश दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *